तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ


डोडोमा, तान्जानिया, २१ कात्तिक :
 अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गर्नु भएको छ ।

विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् । राष्ट्रपति मागुफुलीले गएसाता आफू अर्को कार्यकालका लागि उम्मेदवार नहुने बताउनु भएको थियो ।

सत्तारुढ पार्टीले तान्जानियाको संसदको सबैजसो स्थान जितेको छ । संसदले तान्जानियाको संविधान संशोधन गरी दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान हटाउने बारेमा विचार विमर्श गरेकै अवस्थामा राष्ट्रपति मागुफुलीको यस्तो भनाई आएको हो ।

शपथ कार्यक्रमका अवसरमा राजधानीमा प्रहरी र सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । तान्जानियाका प्रमुख दुई दल एसिटी वाचालेन्डो र चाडिमाका नेताहरुलाई गैरकानुनी सभा र प्रदर्शन गरेको भन्दै दोषी ठहराइएको छ । संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकले निर्वाचन परिणामप्रति चासो देखाएका छन् ।

शपथ कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रपति मागुफुलीले निर्वाचनका अवसरमा व्यक्त प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आफू र आफ्नोे सरकारले कार्य गर्ने बताउनुभयो । उहाँले तान्जानियालाई न्यून–मध्यम–आय भएको मुलुकबाट माथि लैजाने र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

राष्ट्रपति मागुफुलीले विपक्षीले लगाएको आरोपका बारेमा सम्बोधनका क्रममा केही बताउनु भएन । उहाँले अन्य मुलुकमा भएका निर्वाचनमा धाँधली र अराजक स्थिति देखिएको दृष्टान्त दिँदै तान्जानियामा निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण र राम्रोसँग सम्पन्न भएको बताउनुभयो ।

उहाँले रणनीतिक महत्वका परियाजनाहरु सम्पन्न गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । तान्जानियाको सबैभन्दा ठूलो वन्यजन्तु संरक्षण केन्द्र र युनेस्को विश्व सम्पदा सूचीमा रहेको स्थानमा विवादास्पद स्टिगलर गोर्ज जलविद्युत आयोजना पूरा गर्ने पनि उहाँले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.