सिमसार क्षेत्रको संरक्षण आवश्यक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 10 November 2020

सिमसार क्षेत्रको संरक्षण आवश्यक


विराटनगर, २५ कात्तिक :
सिमसारको दिगो उपयोग एवं प्रयोजनका लागि यसको संरक्षण तथा व्यवस्थापन गर्नु अहिलेको आवश्कता देखिएको छ । कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहमा अर्थतन्त्रमा आत्मनिर्भर, भावी सन्तानको सुन्दर भविष्यका लागि सुन्दर पृथ्वी हस्तान्तरण गर्न महत्व बोकेको सिमसार क्षेत्रको पहिचान, अस्तित्व र महत्वलाई सबैले बुझ्नु जरुरी छ । 

यसरी द्रूतगतिमा बढ्दो शहरी जनसङ्ख्याले शहरी योजनाकार तथा व्यवस्थापकमा चुनौती थपेको छ । अबको शहरी व्यवस्थापनले बसोबास, यातायात, पानी र अत्यावश्यक भौतिक सुविधाको अतिरिक्त तिनको सुरक्षा, बासयोग्यता र वातावरणमैत्री सूचंकलाई समेत सुनुश्चित गर्नुपर्दछ । यसरी बढ्दो शहरीकरणसँगै बढ्दै गइरहेको उद्योग कलकारखाना र वन विनाशले जलवायु परिवर्तन दिनानुदिन बढ्दै गइरहेको छ । 

पूर्णरुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रुपले बनेको तथा कृत्रिम रुपले बनाइएको, स्थायी वा अस्थायी रुपले जमेको पानी, जमिन मुनिको पानी वा वर्षाले जमेको अथवा बगेको पानीको क्षेत्रलाई सिमसार भन्ने गरिन्छ । सिमसारले पानीको भण्डारण र सफाइ, जैविक विविधताको आश्रयस्थल, खाद्यान्न, औषधि र जडीबुटी, दैनिक उपभोग्य चिज बस्तु, सांस्कृतिक धार्मिक र ऐतिहासिक पर्यटकीयस्थल आदिको उपयोगिता प्रदान गरेको हुन्छ । 

जनसङ्ख्या वृद्धि, शहरीकरण, बढ्दो औद्योगिकीकरणका कारण अधिक मात्रामा जलवायु परिवर्तन गराउने ग्यास उत्पादन गर्ने गर्दछ, जसको फलस्रुप अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिको शिकार हुन पुग्छौं । यसका साथसाथै विभिन्न किसिमका रोगको सिर्जना हुने गर्दछ ।

सिमसारमा हुने बिरुवा र वनस्पतिले घरायसी तथा औद्योगिक फोहर छान्ने फिल्टरको काम गरी पानीको गुणस्तर सफा राख्न मद्दत गर्दछ । हाम्रो वरपरको पर्यावरणलाई अझ वातावरणमैत्री बनाइ बस्न योग्य बनाउँछ । हराभरा स्थान दिएर सिमसारले मनोरञ्जन प्रदान गरेको हुन्छ, यसबाहेक विभिन्न पक्षी, उभयचर, कीरा, माछा र जनावरको वासस्थान प्रदान गरेर सिमसारले जैविक विविधता संरक्षणमा पनि ठूलो मद्दत गरेको छ । 

आजको मानव बसोबासको विकास सिमसारको संरक्षण र बौद्धिक उपयोगमा निर्भर छ, बढ्दो क्रममा जनसङ्ख्या वृद्धिसँगै भइरहेको जलवायु परिवर्तनले सीमसार माथिको अतिक्रमण पनि बढिरहेको छ । कतिपय अवस्थामा सिमसारलाई फोहर बस्तु र पानी विसर्जनस्थल, गौचरण, खेर गएको र अन्य उपयोगको जग्गाको रुपमा लिने गरिएको छ ।

तर, उपयुक्तमर्मत सम्भार र संरक्षण गरिएमा सिमसारले जलवायु परिवर्तनलाई निरुत्साहित गरी यसबाट हुने जोखिमबाट बची बसोबास क्षेत्रलाई बहुउपयोगी आर्थिक, सामाजिक, साँस्कृतिक, मनोरन्जनात्मक, शैक्षिक, अनुसन्धानात्मक, लाभ दिइरहन सक्दछ । 

सिमसार संरक्षणमा प्रतिबद्धता जनाउँदै नेपाल सरकारले विश्वका सिमसार संरक्षण गर्ने सम्बन्धी इरानको रामसार भन्ने स्थानमा सन् १९७१ मा सम्पन्न विश्व सम्मेलनबाट पारित “रामसार महासन्धी”लाई सन् १९८८ मा अनुमोदन गरिसकेको छ । यस महासन्धीका १६९ वटा पक्ष राष्ट्र छन् र यसमा जम्मा दुई हजार २९३ वटा सिमसार सूचीकृत छन् । 

हाल विश्वको जमिनको चारदेखि छ प्रतिशत भू–भाग सिमसारले ढाकेको छ । नेपालमा जम्मा जमिनको करिब पाँच प्रतिशत क्षेत्र सिमसारले ढाकेको छ । यसैगरी, नेपालका १० वटा महत्वका ताल, पोखरी र सिमसार क्षेत्र हालसम्म रामसार सूचीमा सुचिकृत छन् भने त्यसमध्ये तीन वटा प्रदेश नं १ मा रहेको छ । ती हुन्ः सोलुखुम्बुको गुक्यो ताल, इलामको माइपोखरी र सुनसरीको कोशी टप्पु छन् । 

सन् २०१४ मा राष्ट्रिय सिमसार नीति २०६९ जारी भएपछि नेपालमै पनि सिमसार क्षेत्रबाट पानी संरक्षण, वनस्पति, माछा, उभयचर, अन्य जनावरको बासस्थान, परम्परागत जनजातिका लागि खाद्यान्न, दैनिक जीविकोपार्जनको लागि आम्दानी, रोजगारी, सांस्कृतिक र धार्मिक महत्व, पर्यटन प्रवद्र्धन, कार्बन सञ्चितिकरणलगायत महत्वपूर्ण लाभ प्राप्त गर्न राज्यस्तरबाट यस क्षेत्रमा काम भइरहेको छ । 

मोरङजस्ता तराई जिल्लामा परम्परागत रुपमा गाउँगाउँमा पोखरी, दह, कुवा आदिको संरक्षण गरेर राख्ने प्रचलन पुरानो समयदेखि रहदै आएको छ । कतिपय स्थानको नामकरण नै यिनै पोखरीको नामबाट गरिएका प्रशस्त उदाहरण रहेको भए तापनि हालको भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले गर्दा यी पोखरीहरुको महत्व घट्दै, पोखरीहरु पुरिदै, सुक्दै, अन्य उपयोगमा जादै मासिदै गरेका छन् । यसबाट एकातर्फ हाम्रो दैनिक आवश्यकताका लागि पानीको श्रोत मासिदै छ भने अर्काे तर्फ यो जलश्रोत (सिमसार) ले प्रदान गर्ने फाइदा सदाका लागि लोप हुदै गएको छ । 

मोरङमा हाल पहिचान भइसकेका १९ वटा सिमसार क्षेत्रमा हसिना मिससार क्षेत्र, सुन्दर हरैचा, वेतना सिमसार क्षेत्र बेलवारी, झलझली सिमसार क्षेत्र डाँगीहाट, कानेपोखरी भलुवा सिमसार वयरवन, देवीथान सिमसार मधुमल्ला, भुल्के जालपादेवी सिमसार पथरी, धनपाल गढी सिमसार कसैनी, कतले वेतिनी सिमसार मधुमल्ला, सालवारी सिमसार उर्लावारी, श्रीजङ्गा धार्मिक सिमसार पथरी, बजरङ्ग सिमसार ग्रामथान तेतरिया, सुन्दर सामुदायिक वन सिमसार पथरी, राजारानी सिमसार लेटाङ, बाघेखाडी सिमसार पथरी, वागदेवी सिमसार सुकुना सुन्दर हरैचा, वेतेनी सिमसार उर्लावारी,सुनझोडा सामुदायिक वन सिमसार उर्लावारी र गरापानी सिमसार लेटाङ छन् । 

दिगो संरक्षणका लागि यी क्षेत्र वरिपरिको वनजङ्गल र प्राकृतिक भू–उपयोगलाई बिनाश एवं परिवर्तन नगरी हामीले गर्ने भौतिक विकासका क्रियाकलापलाई वातावरण मैत्री कायम गर्दै सिमसारहरुको संरक्षण गरिनु अपरिहार्य भएको छ ।

यसका अतिरिक्त बिद्यमान कुवा, दह, पोखरी र सिमसारहरुमा जम्मा हुने पानीको मुख्य श्रोतको रुपमा रहेका बेतना सिमसार, हसिना सिमासार, धनपालथान ऐतिहासिक पोखरी लगायतका जिल्ला भरी रहेको साना तथा ठूला पानीका महत्व बोकेका सिमसार क्षेत्रहरुको वरपरको वनजंगलको दिगोे संरक्षण र व्यवस्थापनका लागि सबै मिलेर काम गर्नु जरुरी देखिन्छ । 

मोरङ जिल्ला अन्तर्गत रहेका सिमसारहरुको संरक्षण र प्रवद्र्धन गर्नका लागि डम्वर बस्नेतको अध्यक्षतामा १९ सदस्यीय सिमसार संरक्षण तदर्थ समिति निर्माण भएको छ जसले गर्दा भविष्यमा यस जिल्लामा सिमसारको महत्व सम्पूर्ण जनमानसमा पुग्ने आपेक्षा गरिएको छ ।

वेतना सिमसार क्षेत्रका अध्यक्ष डम्वर बस्नेतले १७४.९१ हेक्टर जग्गा रहेको यो सिमसारलाई व्यवस्थित गर्न तत्तकाल रु.१५ करोड खर्च गर्न सकियो भने यसैको माध्यमबाट आय आर्जन गरी २० वर्षे गुरु योजना बनाई व्यवस्थित, सुन्दर र राम्रो बनाउन करिव रु.दुई अर्व खर्च गर्न सकिन्छ । यसबाट उपभोक्ता र उपभोक्ता बाहिर स्वास्थ्य, शिक्षा, खेलकूद, रोजगारमूलक तालीम केन्द्रहरु बनाई स्थानीय आवश्यकतालाई परिपूति गर्न सकिने वताउनुभयो । 

बजरङ्ग सिमसार क्षेत्रका सचिव राम विश्वासले लगभग १० विगाहा जग्गामा रहेको यो सिमसारलाई तत्काल संरक्षणका कामहरु गर्नुपर्ने औल्याउनु भयो । उहाँले जिल्ला वन कार्यालयबाट यसवर्ष खाली जग्गामा छ हजार बोटविरुवा रोपेर मन्दिर बनाउनुपर्ने, घेरावेरा हाल्नुपर्ने र नजिकैको नदीमा तटबन्ध गर्नुपर्ने खाँचो छ भन्नुभयो । 

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत रामलखन ठाकुरले कमै मुलुकमा रहने र पाइने सिमसार हाम्रो देशमा प्रशस्त छन् यसलाई समयमै संरक्षण, संवद्र्धन, व्यवस्थित गर्न सकियो भने सुन्दर र दिगोयालय मोरङका सहायक वन अधिकृत रामलखन ठाकुरले कमै मुलुकमा रहने र पाइने सिमसार हाम्रो देशमा प्रशस्त छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.