नेप्से झण्डै ११ अङ्कले बढ्यो, ४ अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैको कारोबार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 12 November 2020

नेप्से झण्डै ११ अङ्कले बढ्यो, ४ अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैको कारोबार


काठमाडाैँ, २७ कात्तिक :
नेप्से परिसूचक बिहीबार पनि बढेको छ । बुधबार सामान्य बढेको नेप्से बिहीबार १० दशमलव ८२ अङ्कले बढेर १७ सय १८ दशमलव ४९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै बिहीबार 'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २७ अङ्कले बढेको छ ।

बिहीबार बैंक, व्यापार, निर्जीवन, अन्य र म्युचल फण्ड समूहको उपसूचक बढेकाे छ । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र जीवन बीमा समूहको उपसूचक भने घटेकाे छ ।

बिहीबार चार अर्ब ८२ करोड रुपैयाँभन्दा धेरैका एक करोड ३८ लाख कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले ५ दशमलव २३ प्रतिशत गुमाएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.