२ हजार लिटर स्यानिटाइजर नष्ट - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 13 November 2020

२ हजार लिटर स्यानिटाइजर नष्ट


विराटनगर, २८ कात्तिक :
अनधिकृत रुपमा उत्पादन गरिएको पाइएपछि एक महिनाअघि जफत गरिएको करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ ।

विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको हो । औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर फेला पारेको थियो ।

यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ । अब उत्पादन गर्न नपाइने र बजारमा पठाइएको स्यानिटाइजर समेत फिर्ता ल्याउने गरी मुद्दा प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.