‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्द हटाउने निर्णय फिर्ता लिन निर्देशन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 10 November 2020

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्द हटाउने निर्णय फिर्ता लिन निर्देशन


काठमाडौं, २५ कात्तिक :
संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समितिका सभापति शशी श्रेष्ठले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताउनुभयो ।

समितिको निर्णयमा सत्तारुढ दल नेकपाका दुई जना सांसदहरु विजय सुब्बा र नवराज सिलवालले फरक मत राख्नु भएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.