आजको राशिफल।। आज वि.सं. २०७७ कात्तिक २१ गते शुक्रवारकाे राशिफल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

आजको राशिफल।। आज वि.सं. २०७७ कात्तिक २१ गते शुक्रवारकाे राशिफल

वि.सं. २०७७ कात्तिक २१। शुक्रवार। इ.स. २०२० नोभेम्बर ६। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। षष्ठी, २६:४८ उप्रान्त सप्तमी।

आजको राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  रोकिएको काम बन्नाले जिम्मेवारी बढ्नेछ। विशेष भेटघाटले उत्साह बढाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर नै लाभ उठाउने समय छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर भने कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ। तापनि आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।

सिंह 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ। कामको चाप बढ्नेछ भने आर्थिक रूपमा पनि अभाव अनुभूति हुनेछ। साँझतिर स्थितिमा केही सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। रोकिएका काम गर्न सकिनेछ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। उपलब्धिका लागि प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरमा दिएकाे वचनले पनि अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। दिगो प्रयत्नले मात्र काम बनाउन सकिनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने आफन्तसँग केही असमझदारी बढ्न सक्छ।

कुम्भ 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूलेे साथ दिनेछन्।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.