ढिकुराभित्र पसेपछि तरानीको कुरा गर्छ्यौ ! - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 16 November 2020

ढिकुराभित्र पसेपछि तरानीको कुरा गर्छ्यौ !


लुट्ने जति लुटेपछि खरानीको कुरा गर्छ्यौ
किलकिलेमै रेटेपछि परानीको कुरा गर्छ्यौ !

विछ्यौनामा ओल्टिकोल्टी यसै बित्यो रात 
निदबाट ब्युँझेपछि सिरानीको कुरा गर्छ्यौ !

मनको त्यो पालीभरि कोरोबत्ति गरूँ भन्थें
आरा दाँती टुटेपछि चिरानीको कुरा गर्छ्यौ !

विश्वासको घाँटी दाबी लाशतुल्य पारिदियौ
ढिकुराभित्र पसेपछि तरानीको कुरा गर्छ्यौ !

जति गाँस गाँसिदैन चुँडिएको काँचो धागो
आठान्नी नै गुमेपछि चारानीको कुरा गर्छ्यौ !

विचित्र यो संसारको कति विचित्र छ चाला 
इमान बिक्री गरेपछि घरानीको कुरा गर्छ्यौ !

प्रथा

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.