सरकार परिवर्तनको हल्ला निराधार : सञ्चार मन्त्री - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

सरकार परिवर्तनको हल्ला निराधार : सञ्चार मन्त्री


काठमाडौं, २४ कात्तिक :
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको हल्ला निराधार भएको बताउँदै उच्च नैतिकता, इमान्दार र निष्ठाका साथ काम गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको सपनासहित अघि बढिरहेको बताउँदै सरकारको विरोध गर्ने र आत्मघाती गतिविधि गर्नेहरु आफै बाहिरिने विचार समेत व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमितिले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउन राष्ट्रसेवक कर्मचारी र आम नागरिकको सकारात्मक भूमिका हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले सञ्चार मन्त्रालय अन्तरगत रहेका सबै निकायहरुलाई सुशासन कायम गर्न र रुपान्तरणका लागि नयाँ सोचका साथ गतिशील बनाइने समेत बताउनुभयो । त्यस अवसरमा मन्त्री गुरुङलाई सम्मान समेत गरियो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले राष्ट्रसेवक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने कुरामा जोड दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.