प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको निरीक्षण हुने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको निरीक्षण हुने


काठमाडाैँ, २४ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीले  सङखुवासभामा अरुण तेस्रोको निरीक्षण गर्न जानुहुने भएको छ । कातिक २६ गते बुधबार संखुवासभाको किमाथाङ्का, च्याम्ताङ र फ्याक्सिन्दा (अरुण तेश्रो) को अनुगमन गर्न जानुहुने भएको हो । प्रधानमन्त्रीकाे भ्रमणबारे प्रधानमन्त्रीकाे सचिवालयले पनि पुष्टि गरेकाे छ । बिहान ८ बजे हेलिकप्टर मार्फत किमाथाङका ओर्लीने र किमाथाङ्का नाकाको अनुगमन गर्नुहुने कार्यक्रम रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयो । 

नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्नुहुनेछ । उक्त राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमनगर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान आउनु हुने कार्यक्रम रहेको समेत जिल्ला समन्वय प्रमुख शाक्यले जानकारी दिनुभयो । फ्याक्सिन्दाको कार्यक्रम सम्पन्न पश्चात दिउँसो ३ बजे प्रधानमन्त्रीओली काठ्माण्डौ फर्किनु हुनेछ ।

प्रमओलीको जिल्ला भ्रमण ब्यवस्थापनकालागि आईतबार जिल्लाका सरोकारवालाहरुको बैठक बसेको छ । समन्वय समितिको अध्यक्षता तथा जिल्लाका सांसदहरु, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरु बैठक बसेर भ्रमण ब्यवस्थित बनाउने निर्णय गरेका छन् ।

किमाथाङ्कामा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बाभोटे लगायतका जनप्रतिनिधि र स्थानीयनागरिकहरुले प्रमओलीको स्वागतगर्ने तयारी गरिएको छ । त्यस्तै, च्याम्ताङमा त्यहाँका वडा अध्यक्ष र स्थानीय नागरिकहरुले स्वागतगर्ने छन् भने फ्याक्सिन्दा दोभानमा जिल्लाका जनप्रतिनिधि र अरुण तेश्रोका प्रतिनिधीहरुले स्वागतगर्ने कार्यक्रम रहेको जिल्ला समन्वयप्रमुख शाक्यले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.