प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 16 November 2020

प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण


विराटनगर, १ मङ्सिर :
प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, ते¥हथुम र धनकुटामा छ÷छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् । प्रदेशमा आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९३१ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.