नेता र अंगरक्षकमा कोरोना देखिएपछि कांग्रेस बैठक सर्‍यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

नेता र अंगरक्षकमा कोरोना देखिएपछि कांग्रेस बैठक सर्‍यो


काठमाडौं, २४ कात्तिक :
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ ।

यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएकाले सारिएको थियो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आइतबार सम्पन्न भएको जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.