प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त


काठमाडौँ, २१ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट सम्बन्ध रहेको जनाउँदै एकार्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.