नेकपा सचिवालय बैठक आज ४ बजे बस्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 13 November 2020

नेकपा सचिवालय बैठक आज ४ बजे बस्ने


काठमाडौं, २८ कात्तिक :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । आज दिउँसो ४ बजेका लागि सचिवालय बैठक राखिएको आफूलाई जानकारी आएको नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो । 

केही सयमदेखि दुई अध्यक्षबीच केही मतभेद भएपछि पार्टी सचिवालयका पाँच जना नेताले छुट्ट्रै छलफल गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग सचिवालय बैठक राख्न लिखित आग्रह गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले महासचिव विष्णु पाैडेललाई बैठक राख्ने समय तय गर्न जिम्मेवारी दिनुभएकाे थियाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.