प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक


काठमाडाैँ, २१ कात्तिक : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाउनुभएकाे छ ।  तर, प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी हुने या नहुने अन्यौल छ । प्रचण्डले बोलाएको आजको बैठमा ओली सहभागी नहुने बालुवाटार स्रोतले जानकारी दियो ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयाे। 

उहाँले भन्नुभयाे, 'कार्यकारी अध्यक्षले अनौपचारिक बैठक बोलाउनुभएको हो। सचिवालयका नौ जनालाई नै ३ बजे धुम्बाराहीमा बोलाउनुभएको हो।’

बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने धारणा राख्नुभएकाे थियाे । तर प्रधानमन्त्री ओलीले अहिले बैठक बोलाउन जरूरी नरहेको प्रतिक्रिया दिनुभएकाे थियाे ।

गत आइतबार प्रचण्डले आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँग छलफल गर्नुभएकाे थियाे। ६ नेताको भेलाले पार्टी सचिवालय बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँइतर समूहबीचको तनाव चुलिएको छ।

कर्णाली प्रदेशमा देखिएको विवाद, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट लगायत विषयमा मतभिन्नता बढ्दै जाँदा नेकपाको एकता संकटमा परेको हो।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.