प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुख नरवणेको शिष्टाचार भेट - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुख नरवणेको शिष्टाचार भेट


काठमाडौं, २१ कात्तिक :
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको भेटपछि नरवणे आज शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

भारतीय सेना प्रमुख नरवणे महारथी मानार्थ उपाधी ग्रहणका लागि बुधबार नेपाल आउनुभएको थियो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सो उपाधी ग्रहण गरिसक्नुभएको छ । प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरबणेबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि नरवणेले राष्ट्रपति भण्डारीसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.