हिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको जिम्मा लगाउने दुर्गम जिल्लाको समस्या अन्त्य गरिने : मुख्यमन्त्री शाही - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 7 November 2020

हिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको जिम्मा लगाउने दुर्गम जिल्लाको समस्या अन्त्य गरिने : मुख्यमन्त्री शाही


हुम्ला, २२ कात्तिक :
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिउँदको समयमा सरकारी कार्यालय कार्यालय सहयोगीको जिम्मा लगाउने दुर्गम जिल्लाको समस्या अन्त्य गरिने बताउनुभएको छ ।

प्रदेश अन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँको अवस्था बुझ्न शुक्रबार हुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले सङ्घ, प्रदेश र स्थानीयतह तीनवटै सरकारको आवश्यक समन्वय र सहकार्यमा काम गर्न सकिएमा मात्र विनियोजन गरिएको बजेटको उपलब्धी हासिल हुने बताउनुभयो ।

उहाँले ग्रामीण बस्तीमा पूर्वाधार निर्माण गरी तिनलाई बजारसँग जोड्न सकेमा ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लाको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र प्रदेश सरकारले सञ्चालन गरेका योजनाको अनुगमनका लागि उहाँ हुम्ला पुग्नुभएको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.