ट्रम्पले नै जितेको भए अझै धेरै मानिस मर्ने थिएः बाइडन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 17 November 2020

ट्रम्पले नै जितेको भए अझै धेरै मानिस मर्ने थिएः बाइडन


न्यूयोर्क, २ मङ्सिर :
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले दोस्रो कार्यकाल पनि राष्ट्रपति ट्रम्पले नै जीत हासिल गरेको भए अझै धेरै मानिसहरु मर्ने बताउनु भएको छ ।

डेलावेरमा सम्बोधन गर्दै बाइडनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहकार्यको आवश्कता रहेको बताउनु भयो । सम्बोधनकै क्रममा बाइडनले अझै पनि राष्ट्रपति ट्रम्पले आफूले निर्वाचन हारेको स्वीकार गर्न नसक्नु लाजमर्दो भएको बताउनु भयो ।

पूर्वप्रथम महिला मिचेल ओबामाले सामाजिक मिडियामा लेख्दै राष्ट्रपति निर्वाचन खेल नभएको बताउनु भएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ । जबकि राष्ट्रपतिमा निर्वाचित बाइडनले ३ सय ६ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । सोमबार मात्रै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रवीट गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएको बताउनु भएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.