प्रचण्डलाई ईश्वर पोखरेलको प्रश्न- “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 15 November 2020

प्रचण्डलाई ईश्वर पोखरेलको प्रश्न- “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?


काठमाडौं, ३० कात्तिक :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध अत्यन्त संगीन आरोपहरू लगाएको बताएका छन् । 

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला सचिवालय सदस्य पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

पार्टी एकतालाई बचाउने हो भने... शीर्षकमा लेख्दै पोखरेलले भनेका छन्, ‘“प्रस्ताव’’ का रूपमा प्रस्तुत यी संगीन आरोपहरू २०७७ साल भदौ २६ गते सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णय विरूद्ध र पार्टी एकताको भावना विरूद्ध छन् । सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित ‘कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएका छन् ती “प्रस्तावहरू’’ दुराग्रहका साथ प्रस्तुत ती “प्रस्तावहरू” फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्शमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ? प्रचण्ड कमरेडले मात्र होइन, नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्छ ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.