लाखौंको पटकाजन्य पदार्थ बरामद - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 14 November 2020

लाखौंको पटकाजन्य पदार्थ बरामद


कपिलवस्तु, २९ कात्तिक :
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै कपिलवस्तुमा पटकाजन्य पदार्थको भित्रिने क्रम बढेको छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै व्यापारीहरुले अवैध रुपमा पटकाजन्य पदार्थको आयात गरिरहँदा कपिलवस्तु प्रहरीले भने विशेष सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा विभिन्न सिमानाकाहरुबाट १ लाख ५० हजार बढी मूल्यको पटकाजन्य पदार्थहरु बरामद गरेको छ । बरामद गरिएका पटकाहरु ध्वनी तथा वातावरण प्रदुषण गर्ने ठूला बिष्फोटक पदार्थहरु रहेको बताइएको छ ।

अवैध रुपमा भित्रिएका पटकाजन्य पदार्थहरुको बिस्फोटबाट मानवीय तथा भौतिक क्षति समेत हुनेसक्ने तर्फ विशेष निगरानी बढाएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भएको छ । उहाँले तिहारमा विशेष सुरक्षा योजना बनाउँदै बिना पोसाकका प्रहरीहरु परिचालन गरिएको जानकारी गराउनु भयो । अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरि बिशेष योजना समेत तयार पारिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.