दिल्ली क्यापिटल्स फाइनलमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

दिल्ली क्यापिटल्स फाइनलमा


काठमाडाैँ, २४ कात्तिक :
दिल्ली क्यापिटल्सले शानदार जित निकाल्दै ईण्डियन प्रिमियर लिग क्रिकेटको पहिलो पटक फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई १७ सनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीले २० ओवरमा ३ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । १९० रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हैदरावाद २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रनमा समेटिएपछि दिल्ली आईपिएलको १३ संस्करणमा आएर पहिलो पटक फाइनलमा पुगेको हो । दिल्लीका अलराउण्डर मार्कस स्टोनिस म्यान अफ द म्याच भए । उनले बलिङतर्फ २६ रन खर्चेर उत्कृष्ठ ३ विकेट लिंदै ब्याटिङतर्फ २७ बलमा ३८ रन बनाउन सफल भएका थिए ।

अब भोली नेपाली क्रिकेटर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले साबिक विजेता मुम्बई इण्डियन्ससँग फाइनल खेल खेल्ने छ । यसअघि गत शुक्रवार सम्पन्न पहिलो क्वालिफायर राउण्डमा मुम्बईले दिल्ललाई ५७ रनले पराजित गरेको थियो । फाइनल खेल मंगलबार साँझ ७:४५ बजे युएईको दुवई अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.