आफ्नो उपचार खर्च आफैं व्यहोर्छु: डा.केसी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 14 November 2020

आफ्नो उपचार खर्च आफैं व्यहोर्छु: डा.केसी


काठमाडौं, २९ कात्तिक :
कोरोना संक्रमित प्रा.डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा.केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएकाे हाे  । डा.केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिनुभएकाे छ ।

तर, आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उहाँले नागरिकप्रतिको कर्तव्य पूरा गर्न आग्रह गर्नुभएकाे छ ।

‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा.केसीले भन्नुभयाे, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.