फूल सुक्दै गएपछि किसानलाई चिन्ता - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 6 November 2020

फूल सुक्दै गएपछि किसानलाई चिन्ता


धादिङ, २१ कात्तिक :
तिहारका लाग सयपत्री र मखमली फूलको ब्यवसायीक खेती गर्दै आएका धादिङका किसानहरुले यस वर्ष फूल विक्रिबाट सोचे जस्तो आम्दानी लिन नसक्ने भएका छन ।

गतबर्षभन्दा तिहार पछि परेकोले फूलहरु सबै फुलेर ओइलाउन थालेका छन । फूल फुल्न सुरु गरेको पन्ध्र दिन भइसकेको छ ।

बारीमा फूल ढकमक्क फुली विक्रय योग्य भइसक्यो अब ति फुलेका फूलहरु एक हप्तासम्म जोगाएर राख्न नसक्ने किसानहरु बताउँछन ।

गतबर्ष फूल विक्रिबाट राम्रो आम्दानी लिएका किसानहरु यस वर्ष अब बोटमा फूल सुक्न थालेकोले चिन्तित छन ।

तिहार सुरु हुन अझै दश दिन बाँकी छ ।

आम्दानी धेरै गर्ने आशामा गतबर्षभन्दा धेरै जमिनमा फूल खेती गरेका किसानहरु तिहार पछि धकेलिएपछि थप समस्यामा परेका हुन् । जिल्लामा हरेक वर्ष फूल खेती गर्ने किसानहरुको संख्या घट्दै जान थालेको छ ।

तर तिहारमा सयपत्री फूलको माग भने बढ्ने गरेकोले गर्दा यस वर्ष थोरै किसानहरुले फुलको ब्यवसायीक खेती गरेका कारण फूलको मुल्य पनि बढ्ने आशामा किसानहरु थिए ।

फूल विक्रि गर्न नपाउँदै ओइलाउन थालेपछि किसानहरु खेती गर्दाको लागत मुल्य पनि उठाउन नसक्ने हो कि भन्ने चिन्तामा परेका छन् ।

एउटै किसानले तिहारका लागि भन्दै दश रोपनीसम्म जमिनमा फूल खेती गरेका छन् ।

धादिङमा नीलकण्ठ गाउँपालिकाको पत्ले , धुनीवेँशीको नौविसे, जिवनपुर, छत्रे देउराली, गल्छीको कल्लेरी, गजुरीको किरानचोक र पिंडालगाएतका स्थानहरुमा किसानहरुले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.