डाक्टर गोविन्द केसीलाई कोरोना सङ्क्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 13 November 2020

डाक्टर गोविन्द केसीलाई कोरोना सङ्क्रमण


काठमाडाैँ, २८ कात्तिक :
अभियन्ता डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । 

बिहीबार गरिएको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो । ज्वरो र श्वासप्रश्वासमा समस्यासँगै केसीलाई खोकी लागिरहेको सुवेदीले बताउनुभयो । 

डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइरहनुभएको छ । 

केही समयअघि मात्रै उहाँले १९ औँ पटकको सत्याग्रह तोड्नुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.