युवराज खतिवडाले पुस्तकमा लगाएको कर हट्यो - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 10 November 2020

युवराज खतिवडाले पुस्तकमा लगाएको कर हट्यो


काठमाडौं, २५ कात्तिक :
सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए । तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको एक मन्त्रीले बताउनुभयाे । 

यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.