नेकपा अन्तरविरोध छिट्टै समाधान हुन्छः महासचिव पौडेल - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 10 November 2020

नेकपा अन्तरविरोध छिट्टै समाधान हुन्छः महासचिव पौडेल


काठमाडौं, २५ कात्तिक :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेकपाका महासचिव विष्णु पौडेलले पार्टीमा देखिएको अन्तरविरोध छिट्टै समाप्त हुने दावी गर्नु भएको छ।

पौडेलले पार्टीमा पछिल्लो समयमा देखिएको अन्तरविरोध मिलाउन पहल भइरहेको र र छिट्टै समस्या समाधान भइ पार्टी एकता थप बलियो हुने वताउनु भएको हो । सरकारी टेलिभिजन नेपाल टेलिभिजनसँग कुरा गर्नुहुदै महासचिव पौडेलले कार्यदलको प्रतिवेदन अनुसार समस्या समाधान भएकोमा फेरि समस्या देखिएपछि कार्ददलका सदस्यहरुसँग आफूले छलफल गरेर समाधानको पहल सुरु गरेको जानकारी दिनुभयो ।

पार्टीमा अन्तरविरोध देखिए पनि छलफलबाटै समाधान हुने र पार्टी एकता थप बलियो बन्ने वताउनुहुँदै महासचिव पौडेलले प्रतिवेदनले सबै समस्याको समाधान दिएको र त्यसकै आधारमा छलफल गरेर छिट्टै अन्तरविरोध समाधान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

गएको असारपछि पार्टीभित्र अन्तरबिरोध र विवादको कारण नेकपा स्थायी कमिटि बैठक पटक पटक स्थगित भएपछि गत साउनको साउनको अन्तिम साता महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते आफनो प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा भदौ २६ गते नेकपा स्थायी कमिटीको बैठक बसेर महाधिवेशनको मिति तय गर्नुका साथै दुई अध्यक्षको कार्यविभाजन स्पष्ट पारेपछि पार्टी भित्रको विवाद समाधान भएको थियो । (नेपाल टेलिभिजनबाट)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.