सबै स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल शिलान्यासकाे तयारी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 11 November 2020

सबै स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल शिलान्यासकाे तयारी


काठमाडाैँ, २६ कात्तिक : 
सबै स्थानीय तहमा अस्पतालहरूको शिलान्यास १५ मंसिरमा  गर्ने तयारी छ । अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग छलफलपछि दुई मन्त्रीको सल्लाहमा प्रत्येक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पतालको शिलान्यास एकैदिन गर्ने निर्णय भयो । 

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने कार्यक्रम चालू आर्थिक वर्षको बजेटमै समेटिएको छ । तर, पर्याप्त तयारी नभएकाले यो कार्यक्रम पनि सरकारका अन्य सयौँ घोषणाजस्तै अलपत्र पर्ने जोखिम थियो । तर, दुई मन्त्रीको समन्वयपछि सो कार्यक्रम अघि बढ्ने विश्वास पलाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । 

अर्थमन्त्री पौडेलका अनुसार यो काम गर्न स्रोतको प्रबन्ध गरिएको र कुनै कमी हुने नदिने बताउनुभयाे। उहाँका अनुसार सबै स्थानीय तहमा एउटै डिजाइनमा अस्पताल बन्नेछन् ।

अर्थमन्त्री पौडेल र स्वास्थ्यमन्त्री ढकालको सोही दिनको बैठकले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आइसियू, एचडियू भेन्टिलेटरलगायतका मेसिन उपकरण तत्काल खरिद गर्ने कार्ययोजना अघि बढाउने निर्णय पनि गरेको छ । खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र आवश्यक स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.