पूर्वसांसद वीरबहादुर लामाको निधन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 8 November 2020

पूर्वसांसद वीरबहादुर लामाको निधन


काठमाडाैँ, २३ कात्तिक :
पूर्वसांसद एवं तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

मृगौलासम्बन्धी रोगबाट पीडित लामाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो । लामालाई निमोनिया भएपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मकवानपुरको फाखेलका लामा नख्खु जेल विद्रोह गर्ने नेताका रुपमा चिनिनुहुन्छ । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सांसद बन्नुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.