मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 9 November 2020

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


चितवन, २४ कात्तिक :
चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरका तुलाराम भुषाल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज सांँझ ६ बजेर ५० मिनेट जांँदा कल्याणपुरबाट भरतपुर तर्फ आई रहेको ना१५प ७७२ नम्बरको मोटरसाइकलले पैदल यात्रीे ७१ बर्षका भुषाललाई ठक्कर दिएको थियो ।

बृद्धको उपचारको क्रममा पुरानो मेडिकल कलेज( कलेज अफ मेडिकल साइन्सेस) सांँझ ७ बजे मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गले जानकारी दिनुभयो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.