अनशनरत डाक्टर गोविन्द केसीका अधिकांश माग पुरा भएको सरकारको भनाइ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

अनशनरत डाक्टर गोविन्द केसीका अधिकांश माग पुरा भएको सरकारको भनाइ


काठमाडौं, १५ असोज :
सरकारले चिकित्सा शिक्षा सुधारको माग राखेर अनशनमा बसेका डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

बिहीबार सरकारको निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताउनुभयाे ।

‘एकातिर चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु कोभिडबाट जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनुभएको छ । यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र पक्कै पनि होइन’ मन्त्री ज्ञवालीले भन्नुभयाे । 

‘केही विषय बाँकी छ भने पछि छलफल गर्न सकिन्छ । मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाउऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं’ मन्त्री ज्ञवालीले भन्नुभयाे ।

यसैबीच सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । साथै सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि र निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैबीच सरकारले लोकसेवा आयोगबाट विज्ञापन भइसकेका पदहरुको स्थगित परीक्षा संचालन गर्ने निर्णय पनि गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.