नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण


काठमाडौं, २९ असाेज :
राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा आज नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले अर्थमन्त्री- विष्णु पौडेल , शहरी बिकास मन्त्री- कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री- लिलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली , स‌‌वैधानिक अंगका प्रमुख र अन्य बिशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा हिजो नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।

हिजो भएको पुनर्गठन अनुसार उप-प्रधानमन्त्री इश्वर पोखरेलले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्नु भएको छ भने उपप्रधानमन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहनु भएका पार्वत गुरुङ स‌ंचार तथा सुचना प्रविधि मन्त्री नियुक्त हुनु भएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.