पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ३३०७ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

पछिल्लो २४ घण्टामा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, ३३०७ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किए


काठमाडौँ, १६ असाेज :
पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजको संक्रमित संख्या अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन संक्रमित हुने संख्या हो । नेपालमा हालसम्म १० लाख ४८ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ८२ हजार ४ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार २ सय ८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ गरी काठमाडौँ उपत्यकामा १६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ३ हजार ३ सय ७ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ३ हजार ३ सय ७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज ललितपुर, भक्तपुर र बाँकेमा दुई दुई जना, मोरङ, काठमाडौँ, मकवानपुर, रुपन्देही र सुर्खेतमा एक एक जना गरी ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर २१० जनाको आइसियुमा र २९ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २१ हजार २ सय ३४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ८ सय ८५ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.