पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमित ४४९९ जना, उपत्यकामा मात्रै २७२० जनामा संक्रमण पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 23 October 2020

पछिल्लो २४ घण्टामा देशभर नयाँ संक्रमित ४४९९ जना, उपत्यकामा मात्रै २७२० जनामा संक्रमण पुष्टि


काठमाडौं, ७ कात्तिक :
नेपालमा पछिल्लो २४ घण्टामा ४४९९ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १६८६३ जनाको पीसीआर परीक्षण गर्दा ४४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै २७२० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १०५४८८ रहेको छ ।

कोरोनाबाट थप १७ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.