पछिल्लो २४ घण्टामा देशभर ३१६७ जना संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 17 October 2020

पछिल्लो २४ घण्टामा देशभर ३१६७ जना संक्रमित


काठमाडौं, १ कात्तिक :
नेपालमा पछिल्लो २४ घण्टामा ३१६७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५४३८ जनाको पीसीआर परीक्षण गर्दा ३१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १७४६ जना संक्रमित भएका छन् । काठमाडौंमा १४५१, भक्तपुरमा १४३ ललितपुरमा १५२ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८०० जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८९८४० रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.