पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, २१ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 16 October 2020

पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, २१ जनाको मृत्यु


काठमाडौँ, ३० असाेज :
पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट १६ हजार ५ सय ३१ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ हजार ३ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख २६ हजार १ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ७ सय ८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी काठमाडौँ उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ३ हजार ५ सय २२ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ३ हजार ५ सय २२ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ८८ हजार ४० पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । मन्त्रालयका अनुसार देशभर ३१५ जनाको आइसियुमा र ७७ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । 

हाल, नेपालमा ३७ हजार ३ सय ८२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ८ सय ८ जना क्वरेण्टीनमा छन् । यसैवीच स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणको लागि स्वाब दिइसकेपछि अनिवार्र्य क्वारेन्टिनमा बस्नको लागि आग्रह गरेको छ । स्वाब परीक्षणमा दिइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा रोग फैलिएको भन्दै सावधानी अपनाउदै सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.