पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८ जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८ जनाको मृत्यु


काठमाडौँ, २७ असाेज :
पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरबाट १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख १५ हजार ३ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ७ सय ४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी काठमाडौँ उपत्यकामा २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप १ हजार ५ सय ३ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज १ हजार ५ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ । 

मन्त्रालयका अनुसार देशभर ३०७ जनाको आइसियुमा र ६६ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा ३५ हजार ९ सय १५ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ४ हजार ७ सय ९५ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.