कमल थापा अस्पतालबाट डिस्चार्ज - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 25 October 2020

कमल थापा अस्पतालबाट डिस्चार्ज


काठमाडाैँ, ९ कात्तिक :
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापा आज चाबहिल स्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । कोरोना संक्रमण पुष्टि भए पश्चात गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उहाँलाई आज डिस्चार्ज गरेको राप्रपा केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयाे । 

गत असोज ३० गते बुधबार स्वास्थमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो। उहाँलाई टाउको दुख्ने,ज्वोरो आउने र श्वासप्रस्वासमा केहि असहज महसुस भएपछि यस अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक, नर्स सहित सबै स्वास्थकर्मी, अस्पताल संचालक र अस्पताल ब्यबस्थापन समिती कर्मचारी सबैमा धन्यवाद ब्यक्त गर्नुभएकाे छ।

१० दिनको अस्पताल बसाइ पछि डिस्चार्ज हुनुभएका अध्यक्ष थापा बुढानिलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.