राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 16 October 2020

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि


काठमाडौं, ३० असाेज :
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनुभएको छ ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ ।

उहाँ अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिनुभयो । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गर्नुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.