कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाडाैँ बाेलाइयाे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाडाैँ बाेलाइयाे


काठमाडाैँ, २७ असाेज :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री शाही, नेता यमलाल कँडेललगायतलाई काठमाडाैँ बोलाएको छ ।

मङ्गलबार बालुवाटारमा छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई छलफलका लागि काठमाडाैँ बोलाउनुभएको हो ।

नेकपा पदाधिकारीहरुलाई दुई दिनभित्र काठमाडाैँ आउन भनिएको नेकपा स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति भएसँगै अविश्वासकाे प्रस्तावको पक्षमा रहेका सात जना सांसद पछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएकाे छ ।

माधव नेपाल पक्षका नेताको साथ पाएपछि मुख्यमन्त्री शाहीले मङ्गलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.