बुटवलका बिशेष स्थानमा निषेधित क्षेत्र घाेषणा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 4 October 2020

बुटवलका बिशेष स्थानमा निषेधित क्षेत्र घाेषणा


बुटबल, १८ असाेज :
प्रदेश ५ को स्थायी राजधानी दाङकाे भालुबाँङ बनाउन सरकारले पेश गरेको प्रस्ताव विरुद्ध विरोध बढेपछि बुटवलका विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिएको छ । त्यस्तो निषेधित क्षेत्र प्रदेश मन्त्रालय तथा प्रदेश सभाहरु भएका स्थानहरुमा केन्द्रित छन् ।

जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले प्रदेश सभाको कार्यालय रहेको इटाभट्टी आसपासको क्षेत्र, प्रदेश सरकारका मन्त्रालय भएका स्थान र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले आइतबार अर्थात भोलि असोज १८ गते बिहान ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म ५ जना भन्दा बढी जम्मा हुन र हिंडडुल गर्न नपाइने गरी निषेधित क्षेत्र तोकिएको बताउनुभयाे ।

प्रदेश सभा र प्रदेश मन्त्रालय आसपासका क्षेत्रमा विरोधमा उत्रने र तोडफोड गर्ने काम भएकाले सम्भावित घटना हुन नदिन क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको प्रजिअ घिमिरेले बताउनुभयाे ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.