आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 24 October 2020

आगलागी हुँदा तीन घरपरिवारको बिचल्ली


बनेपा, ८ कात्तिक :
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ । 

स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा पर्नुभएका उहाँहरुलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ । सुरेशका घरबाट आगलागी शुरु भएको जनाइएको छ । 

वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताउनुभयो । ‘अन्नपात सबै जलेर नष्ट भएका कारण हामीले तत्कालका लागि खाद्यान्न र त्रिपालको व्यवस्थापन गरेका छौंँ ।’(रासस)

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.