सम्झनाको हत्या आरोपीका पिता भन्नुहुन्छ, "प्रमाणित भए हदैसम्मको सजाय हुनुपर्छ" - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

सम्झनाको हत्या आरोपीका पिता भन्नुहुन्छ, "प्रमाणित भए हदैसम्मको सजाय हुनुपर्छ"


बझाङ, १६ असोज :
जिल्लाको मष्टा गाउँपालिका २ की १२ वर्षिया बालिका सम्झना बिकका हत्या आरोपी राजेन्द्र बोहराले हत्या आफैँले गरेको स्वीकार गरेका छन् । बलात्कारपछि हत्या गरेको आरोप लागेर प्रहरी हिरासतमा राखिएका बोहराले बुधबार राति मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर बालिकाको हत्या गरेको स्वीकार गरेका हुन् ।

हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका राजेन्द्रका बुवा वीरबहादुर बोहराले, राजेन्द्रको आपराधिक पृष्ठभूमिबारे बताउँदै गर्दा सम्झनाको हत्यामा उसको संलग्नता इन्कार गर्न सक्नु भएन । उहाँका अनुसार त्यो दिन (गत असोज ७ गते) ३ बजे गाईवस्तु चराउन खोलातर्फ गएका राजेन्द्र बेलुका साढे ५ देखि ६ बजेबीचमा घर फर्किएका थिए । ‘पुलिसले पक्रेर ल्याएको छ, बयान हुँदैछ अरे,’ उहाले भन्नुभयो, ‘उसले गरेन होला भनेर पनि म भन्न सक्दिनँ । कसैले नदेखेको घटना उसैले ग¥यो भनेर पनि कसरी भनूँ । आफ्नो छोराले सम्झनाको हत्या गरेको प्रमाणित भए उसलाई हदैसम्मको सजाय हुनुपर्छ , ‘त्यसैले मारेको हो भने त्यस्तालाई बचाएर के गर्ने ?’

एक सातासम्म पनि प्रहरीसँग नखुलेका बोहराले सुरुमा बलात्कार गरेर स्थानीय मन्दिरमा त्रिशुलले हिर्काएर हत्या गरेको बताएका हुन् । प्रहरी नायब उपरीक्षक रूपक खड्काले पत्रकार सम्मेलनमार्फत भन्नुभयो,“सम्झनाको हत्या राजेन्द्र बोहराले गरेको हो भनेर स्वीकार गरिसकेकोले अब कानुन अनुसार कारबाही अगाडि बढ्छ । पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दा बोहरालाई हिनताबोध भएर हत्या स्वीकार गरेको हुनसक्छ ।” उहाँले खड्काले भन्नुभयो , हत्या आरोपित राजेन्द्र हत्या गरेको गयराति स्वीकार गरेका छ्न् । उनले बालिकाको हत्या आफूले मन्दिरभित्रको त्रिशूलले हानेर गरेको र उक्त हतियार मन्दिर छेउको एउटा रूखको जरामा लुकाइएको छ भनेर बयान दिएका छन् । उक्त हतियारसहित घटनास्थलमा खटिएको सीआईबीको टोलीले ल्याएको छ ।

गत बुधबार राति ८ः३० बजे बालिका मष्टा दुई खिकालाबासीको पूज्य मन्दिर सिम मन्दिरभित्र अर्धनग्न अवस्थामा भेटिएकी थिइन् । उनी १२ वर्षीया बालिका हुन् । खिकालाकै मष्टा आधारभूत विद्यालय तोतीमा कक्षा ५ पास भएकी थिइन् ।

हत्यारा सार्वजनिक भएसँगै बालिकाका आफन्तले शव बुझेर ८ दिनपछि दाहसंस्कार गरेका छन् । हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक नगर्दा सम्म शवसमेत नबुझ्ने अडान राख्दै आएका बालिकाका आफन्तहरुले हत्यारालाई सार्वजनिक गरिसकेपछि जिल्ला अस्पतालबाट शव बुझेर दाहसंकार गरेका हुन् ।

जिल्ला अस्पतालबाट बालिकाको शव बुझ्दै सम्झनाका बाजे गोरख कामीले भन्नुभयो, दोषीलाई कारबाही हुन्छ भनेर आफूहरूले शव बुझेको हो तर अदालतबाट फैसला नहुँदासम्म न्यायका लागि संर्घष जारी राख्ने छौ । मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा समेत बालिकाको शव आफन्तले बुझ्ने सहमति भएको थियो । नेपाल सरकार गृह मन्त्रालयका सचिवले फोनमार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.