वीरगञ्जबाट २३ किलो सुन बरामद - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 17 October 2020

वीरगञ्जबाट २३ किलो सुन बरामद


काठमाडाैँ, १ कात्तिक :
पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेकाे छ । सुन राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको डीएसपी नवजित कुँवरले जानकारी दिनुभयो ।

अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.