मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 5 October 2020

मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार


रुपन्देही, १९ असाेज :
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीमाथि लक्ष्य गरेर आज बुटवलमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँबाट रुपन्देही आउँदै गर्नुभएका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गर्नुभएका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।

अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो । मुख्यमन्त्री सवार गाडीसहित उहाँको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ जानुभएको थियो । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आज रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.