भरुवा बन्दुकसहित ११ जना पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

भरुवा बन्दुकसहित ११ जना पक्राउ


बलेवा, २९ असाेज :
अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । सामाजिक सञ्जालमा तस्विर देखेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले मङ्गलबार रातभर खानतलासी गरेको थियो ।

प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिईका बयानका आधारमा गाउँमा थप बन्दुकहरु लुकिछिपी राखेको आशंकमा खानतलासी गरिरहेको छ । 

बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ । यसैबीच, इलाका प्रहरी कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नं २ खप्तरीबाङमा गोरु काट्दै गरेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा उनीहरुलाई गोरु काट्दै गरिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनीहरूलाई अनुसन्धानको लागि जिल्ला पठाइएको उहाँको भनाइ छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.