बाबरी मस्जिद भत्काएको मुद्दामा भाजपाका नेता आडवाणीसहित ३२ जनालाई सफाइ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 1 October 2020

बाबरी मस्जिद भत्काएको मुद्दामा भाजपाका नेता आडवाणीसहित ३२ जनालाई सफाइ


काठमाडौं, १५ असाेज :
भारतको एउटा अदालतले बाबरी मस्जिद भत्काएको मुद्दामा भारतीय जनाता पार्टिका नेता लालकृष्ण आडवाणी मुरली मनोहर जोशी र उमा भारतीसहित ३२ जनालाइ निर्दोष घोषित गरेको छ ।

सन् १९९२ मा राम जन्मभूमि र बाबरी मस्जिद सम्बन्धी विवाद चल्दा तोडफोडका घटनामा २ हजार जनाको मृत्यु भएको थियो । तोडफोड र हिंसा सम्बन्धी मुद्दामा ४९ जना संलग्न रहेकोमा १७ जनाको मुद्दा चलेकै अवधिमा मृत्यु भैसकेको छ ।

अदालतको सो फैसला प्रति कांग्रेस आइ र कम्युनिष्ट पार्टी मार्क्सवादिका साथै मुसलमान समुदायले असन्तुष्टी जनाएका छन्। अयोध्याको बाबरी मस्जिद रहेको भूभाग राम जन्म भूमि भएको फैसला गत वर्ष नै भारतको सवोच्च अदालतले गरेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.