भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदै


काठमाडौं, २९ असाेज :
भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ ।

दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्वन्धमा मन्त्रिपरिषदले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.