अब एन्टिजेन किटमार्फत एक हजारमै काेराेना परीक्षण हुने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 13 October 2020

अब एन्टिजेन किटमार्फत एक हजारमै काेराेना परीक्षण हुने


काठमाडाैँ, २७ असाेज :
सरकारले कोरोना भाइरस पहिचान गर्नकाे लागि एन्टिजेन (एन्टिजेन बेस्ड टेस्ट) किटमार्फत परीक्षण गर्न अनुमति दिएकाे छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ ताेकिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयाे । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताउनुभयाे ।

‘धेरै भिडभाड हुने ठाउँमा र अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ’, डा. गौतमले भन्नुभयाे, ‘धेरै मानिस बस्ने ब्यारेकलगायतका ठाउँ र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ ।’

यस्तै प्रवक्ता गाैतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो । 

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न/गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.