काठमाडाैँको सोह्रखुट्टेमा ग्यास विस्फोट हुँदा ११ जना घाइते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 15 October 2020

काठमाडाैँको सोह्रखुट्टेमा ग्यास विस्फोट हुँदा ११ जना घाइते


काठमाडाैँ, २९ असाेज : 
काठमाडाैँको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ । 

घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिनुभयो ।

ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.