भाइ मसलाः तिहारकै खास परिकार - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 14 October 2020

भाइ मसलाः तिहारकै खास परिकार

 

तिहार बिशेषगरी सेलरोटीको पर्व हो।  सेलरोटीका साथै मिठाईको पनि धेरै प्रयोग हुने पर्व हो तिहार । यो पर्वमा भाइ मसलाको अत्याधिक सेवन हुने गर्दछ।  त्यसैले कुन मिठाई या मसला के कति खाने जानकारी राख्नु आवश्यक छ।  

तिहारकै खास परिकार भाइ मसला अर्थात ‘ड्राइ फ्रुट्स’ले शरीरलाई धेरै फाइदा पुराउने गर्दछ। ड्राइ फ्रुट्स र बियाँ स्वास्थ्यको लागि लाभदायक मानिन्छ । अझ मधुमेहका रोगीहरुका लागि यो विशेष फाइदाजनक मानिन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन, भिटामिन, फ्याट लगायत खनिज पदार्थ पाइने हुदाँ यसलाई पोषक तत्वको भण्डार पनि मानिन्छ । 


बदाम
स्वास्थ्यका लागि किन हुन्छ, राम्रो ?
बदाममा खाना खानु पहिले (फास्टिङ) र खाना पछिको व्लड सुगर बाहेक इन्सुलिनको मात्रा कम गर्ने विशेष गुण हुन्छ । यसले अक्सिडेटिभ स्ट्रेस (तनाव) कम गर्छ, जो मधुमेह तथा मृटु रोगको कारण बन्ने गर्छ ।

कसरी गर्ने सेवन ?
बदामलाई काँचै सेवन गर्नुपर्छ । नून हाल्नु हुँदैन । यसलाई हल्का रोष्ट गरेर पनि खान सकिन्छ । तर तेलमा प|mाई गर्नु हुँदैन । बदामलाई मसिनो गरी काटेर यसलाई दलिया, ओटमिल, सलाद वा दहीको साथमा पनि सेवन गर्न सकिन्छ ।

ओखर
ओखरलाई किन स्वास्थ्यवर्दक मानिन्छ ?
सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार रगतमा चिनीको मात्रा बढेमा यसले कोषिकाको एन्टीअक्सिडेन्ट गतिविधिमा कमी ल्याउने गर्छ । जबकी ओखरमा रहेको तेलले एन्टीअक्सिडेन्ट गतिविधिलाई बढाउने गर्छ ।

त्यसैले, ओखरलाई नियमित रुपले खानाले अक्सिडेन्टिभ स्ट्रेसबाट राहत मिल्ने गर्छ । अन्यथा, यस्ता तनावले कयौ अन्य प्रकारको समस्या उत्पन्न हुने गर्छ ।
अन्य एक अध्ययनबाट आएको नतिजाले के जनाएको छ भने प्रत्येक दिन ३० ग्राम (करिब ७ -८ वटा ओखर) करिब एक वर्षसम्म नियमित रुपमा खाने गर्नाले मधुमेहबाट ग्रसित व्यक्तिको तौल तथा फास्टिङ इन्सुलिन लेभल दुवै कम हुने गर्छ ।

यसरी गर्ने सेवन ?
ओखरको छिल्का केही तितो हुन्छ । तथापी, यसलाई छिल्का सहित खानु पर्छ । र , ताजा छ कि छैन भन्नका लागि ओखरलाई सुघ्नु पर्छ । यसलाई पिसेर सलाद, हल्का भुटेको तरकारी तथा दहीको साथमा खान सकिन्छ ।

पेस्ता
सन् २०१४मा गरिएको एक परिक्षणबाट के नतिजा आएको थियो भने मधुमेहबाट ग्रसित व्यक्तिलाई पेस्ता ख्वाएमा उसको फास्टिङ पहिलेको व्लड ग्लूकोज तथा एचबीए वान सीको स्तर कम हुने गर्छ । त्यस्तै, पेस्ता खानाले व्लड ग्लूकोजको स्तरमा समेत कमी आउने अर्को एक अध्ययनले जनाएको छ ।

यसरी गर्ने सेवन ?
पेस्ता खरीद गर्दा छिल्का सहितको पेस्ताको सेवन गर्नु पर्दछ । र, खादाँ छिल्का निकालेर मात्र खानु पदएछ । नुनिलो वा गुलियो पदार्थको प्रयोग गरेर तयार पारिएको पेस्ता कहिल्यै खरीद गर्नु हुँदैन ।

लौकाको बियाँ
किन खाने ?
लौकाको बीउमा पनि केही यस्ता तत्व पाइन्छ, जसले रगतमा ग्लूकोजको मात्रालाई कम गर्दछ । यस्ता बीउको सेवनले मधुमेहबाट ग्रसित व्यक्तिलाई आˆनो व्लड सुगर नियन्त्रित राख्न मद्दत मिल्छ । यसमा डाइट्री फाइबर पनि प्रचुर मात्रामा पाइन्छ । त्यतिमात्र हैन, यसले टाईप २ मधुमेहसित सम्बन्धि जोखिमलाई कम गर्ने समेत जनविश्वास रहेको छ ।

कसरी गर्ने सेवन ?
लौकाको बीउलाई काचै, हल्का रोष्ट गरेर पनि खान सकिन्छ ।यसलाई सुप,अनाज, सलाद, स्मुदी वा दहीमा मिलाएर खान सकिन्छ ।

अलस
किन राम्रो ?
विभिन्न अध्ययनले जनाए अनुसार आलसलाई धुलो बनाएर खानाले फास्टिङ व्लड ग्लूकोज तथा एचबीएवानसीको स्तर कम गर्न सहायता प्रदान हुन्छ ।

कसरी खाने ?
आलसको बीउको विशेष नै यसलाई राम्ररी चपाउनमा छ , जबसम्म यसलाई राम्ररी चपाइदैन, यसले स्वास्थ्यमा कुनै किसिमको फाइदा गर्दैन । त्यसैले यसलाई राम्ररी पिसेर यसलाई ओटमिल, अनाज, स्मुदी तथा दहीको साथमा खान सकिन्छ । यसलाई पिठोमा मिसाएर रोटीको रुपमा पनि खान सकिन्छ ।

चियाको बियाँ
किन खाने ?
सन् २०१७ मा गरिएको एक परीक्षणमा मधुमेहबाट ग्रसित व्यक्तिलाई चियाको विया खानका लागि दिइएको थियो । जसमा नतिजा के आएको थियो भने उनीहरुमा मुटु रोगको जोखिम कम भएको पाइएको थियो । मधुमेहबाट ग्रसित विरामीले खानामा सप्लिमेन्टको रुपमा चियाको वियालाई लिएको खण्डमा मुटु सम्बन्धि जटिलता रोक्नमा मद्दत मिल्न सक्छ ।

कसरी गर्ने सेवन ?
चियाको बियाँ निकै नरम हुने भएकोले यसलाई सजिलै निल्न सकिन्छ । आलस जसरी पिस्नु पर्दैर्न । यसलाई ब्रेकफास्ट, पुडिङ, दलिया, सागसब्जी तथा चामलमा मिलाएर खान सकिन्छ ।

मधुमेहका विरामीले कुनै पनि नट्स तथा वियाँलाई खानामा सामेल गर्दा यसलाई कति मात्रामा प्रयोग गर्ने भनेर जान्न पनि उत्तिकै आवश्यक छ ।

अमेरिकन हार्ट एशोसिएसनका अनुसार यस्ता नुन रहित यस्ता नट्स तथा वियाको सेवन गर्दा सातामा चार पटक मुठ्ठी बराबरको नट्स खान सल्लाह दिइने गरिन्छ ।

साथै, यस्ता नट्समा ८० प्रतिशतसम्म फ्याट रहने हुँदा यसलाई सन्तुलित मात्रामा सेवन गर्न जरुरी छ । अन्यथा, स्वास्थ्यवर्दक मानिने यस्ता फ्याटले पनि शरीरमा क्योलोरी बढाउन सक्छ । (एजेन्सीको सहयोगमा)  

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.