४२ लाख रुपैयाँ मूल्य बराबरको सुनसहित २ जना पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 2 October 2020

४२ लाख रुपैयाँ मूल्य बराबरको सुनसहित २ जना पक्राउ


कपिलवस्तु, १६ असाेज :
कपिलवस्तुको मायादेवी गाउँपालिका ७ बनकसियाबाट ४२ लाख मूल्य बराबरको आधा किलो सुन प्रहरीले बरामद गरेको छ ।

नेपालबाट भारततर्फ सुन तस्करी हुँदैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो सुन बरामद गरेको हो । सुनसँगै प्रहरीले मायादेवी गाउँपालिका ४ बस्ने ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया बालिकालाई पक्राउ गरेको छ ।

लु ५६ प ६३१० नम्वरको मोटरसाइकल खानतलासी गर्दा गुप्ताले कम्मरमा बाधेको निलो रङको थैलीभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

उक्त सुन र निजको साथ रहेको नगद आठ हजार रुपैयाँ र मोटरसाइकलसहित गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.